झापा । झापामा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–८ का ३४ वर्षीय सरोज राई, अर्जुनधारा–५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, अर्जुनधारा–७ का लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी छन् । एक जना भने फरार छन् ।
ती किशोरी शुक्रबार राति दुई ठाउँमा बलात्कृत भएको प्रहरीले जनाएको छ । उनले शनिबार जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नमध्ये ६ जनालाई पक्राउ गरेको हो । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले ती किशोरीलाई एकै रात दुई ठाउँमा लगी सात जनाले बलात्कार गरेको बताए । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको पाइएको उनले बताए ।
उनका अनुसार सुरुमा उनलाई अर्जुनधारा–८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिन्छ । घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पु-याइएको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, केशव, अनिष र सरोजले सुरुमा हटियामा लगी करणी गरेपछि उनलाई अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा लगिएको थियो । त्यहाँ होटल मालिक राजबंशी, सुदीप, सुजन र सञ्जीवले बलात्कार गरेका थिए । किशोरीको स्वास्थ्य अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया