काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको छ ।
सरकारी अधिकारीहरूका अनुसार सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।
पन्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकुहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको हो ।
सञ्चार माध्यमका अनुसार १९ जना पन्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया