अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

लोकपथ
140
Shares

क्यानबेरा । अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ ।  

 घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार  व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।

शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन्  २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जानकारी दिए । 

उनले निर्धारित सीमाहरू संसदले पारित गर्ने  बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सन् २०१९  को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?