सडक अवरुद्ध भएपछि फलफूल आयात रोकियो

लोकपथ
91
Shares

सिन्धुपाल्चोक । सडक अवरुद्ध हुँदा तातोपानी नाकाहुँदै चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको छ । यसअघि दैनिक चार करोड बराबरको चिनियाँ फलफूल आयात भइरहेकामा हाल सडक अवरुद्ध हुँदा रोकिएको हाे ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार बाढीपहिरोका कारण पटक–पटक कोदारी राजमार्ग अवरुद्ध हुँदा चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको हो । फलफूल बाटोमै कुहिने समस्या भएपछि व्यवसायीले गत असारदेखि नै आयात रोकेका हुन् । स्याउ, अनार, नासपाती, सुन्तला, अम्बा, ओखर, किबी, जुनारलगायत फलफूल चीनबाट आयात गर्ने गरिएको उनले बताए । आयात रोकिएपछि राजस्वमा प्रत्यक्ष असर परेको प्रमुख केसी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?