काठमाडौं । थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २२ जनाभन्दा बढीको अवस्थामा गम्भीर रहेको छ ।
बुधबार बिहान ६ जनाको मृत्यु भएको र २२ जनाको अवस्था गम्भीर रहेको बैंक मेट्रोपोलिटन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ ।
थाइल्यान्डमा मदिरा बिक्रीलाई प्रत्येक दिनको निश्चित घण्टामा सीमित गर्ने र धार्मिक बिदाहरूमा यसको व्यापारमा प्रतिबन्ध लगाउने कडा मदिरा कानुनी प्रावधान छन् । तर यस्ता नियमले स्थानीय रूपमा ‘या डोङ’ भनेर चिनिने अनियमित ढंगले बनेको सस्तो रक्सीको कालो बजारलाई प्रोत्साहन गरेको आलोचकहरूले बताएका छन् ।
अवैध रूपमा बनाइएको मदिरामा यसको शक्ति बढाउन प्राय मेथानोल मिसाइन्छ । मेथानोलको सेवनले अन्धोपन, कलेजोको क्षति र मृत्युसमेत निम्त्याउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया