काठमाडौं । युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको छ ।
सञ्चार माध्यमका अनुसार युक्रेनी सीमाबाट करिब २०० किलोमिटर टाढा रहेको स्थानमा युक्रेनी ड्रोन आक्रमणपछि अगस्ट १८ देखि रोस्तोभको प्रोलेटास्र्कमा रहेको तेल भण्डारण केन्द्रमा ठुलो आगलागी भइरहेको हो ।
सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि युक्रेन र रूसले एक अर्काका इन्धन तथा ग्यास सुविधाहरूलाई लक्षित गरी आक्रमण गरेका छन् ।
यस अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका तेल भण्डारण लक्षित आक्रमण गरेकोमा सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वको ‘न्यायपूर्ण अन्त्य’ हासिल गर्न योगदान पु-याउने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया