नाटो प्रमुखद्वारा रूसको कुर्कुसमा भएको युक्रेनी आक्रमणको समर्थन

लोकपथ
189
Shares

काठमाडौं । नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसको कुर्कुस क्षेत्रमा भएको युक्रेनी आक्रमण युक्रेनको आत्मरक्षा लागि भएको जनाउँदै युक्रेनलाई  सीमा  क्षेत्रमा आक्रमण गर्ने पूर्ण अधिकार रहेको बताएका  छन् । 

जर्मन अखबार डी वेल्टसँगको शनिबार प्रकाशित कुराकानीमा उनले  यक्रेनलाई अन्तर्राष्ट्रिय कानुन अनुसार आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका हुन् ।    

आक्रमणले किएभका सहयोगीको पनि ध्याानकर्षण गरेको उल्लेख गर्दै, स्टोल्टेनबर्गले यसमा पश्चिमी सैन्य गठबन्धनले कुनै भूमिका नखेलेको जनाउनु भएको छ ।  

स्टोल्टेनबर्गले युक्रेनको  युरोपेली सैन्य उपकरणदाता तथा जर्मनीको प्रतिबद्धतालाई स्वागत गर्दै बर्लिनले अर्को वर्षको बजेटमा किएभलाई सहयोग गर्ने तयारी गरिरहेको बताए ।  

जर्मनीले युक्रेनलाइ आवश्यक सैन्य उपकरण सहयोग निरन्तर जारी राख्ने  निर्णय सार्वजनिक गर्दा चान्सलर ओलाफ स्कोल्जको सरकार गत हप्ता कडा आलोचनामा परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?