काठमाडौं । रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको छ । योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मृत्यु हुने नेपालीको संख्या ४३ पुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, पछिल्लो पटक उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङ (ठेगाना खुल्न बाँकी) को मृत्यु भएको हो ।
रुसले मस्कोस्थित नेपाली दूतावासलाई थप ३ जनाको मृत्यु भएको मेडिकल रिपोर्ट पनि पठाएको छ । त्यस्तै रुसले थप ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाललाई पत्राचार गरेको छ ।
रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया