काठमाडौं । बंगलादेशमा नवगठित सरकारले हिन्दू समुदायलाई दुर्गा पूजासम्बन्धी गतिविधिमा रोक लगाएको छ ।
मुस्लिम बाहुल्य रहेको देश बंगलादेशमा अजान र नमाजको समयमा हिन्दू धर्मसँग सम्बन्धि संगीत नबजाउन आग्रह गरिएको हो ।
बंगलादेश अन्तरिम सरकारका गृह मामिला सल्लाहकार लेफ्टिनेन्ट जनरलमोहम्मद जहाँगिर आलम चौधरीले पूजा समितिहरूलाई वाद्ययन्त्र र ध्वनि प्रणाली बन्द राख्न भनिएको र उनीहरू सहमत भएको बताए ।
‘नमाजको समयमा त्यस्ता गतिविधिहरू बन्द गर्न आवश्यक छ र अजानको पाँच मिनेट अघिबाट पालना गर्नुपर्नेछ,’ चौधरीले भने ।
हिन्दू समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व दुर्गा पूजाअघि देशको शान्तिसुरक्षाको अवस्थाबारेको बैठकपछि उनले यस्तो घोषणा गरेका हुन् ।
चौधरीले यो वर्ष देशभर ३२ हजार ६६६ पुजा मण्डप निर्माण गरिने पनि बताए । यी मध्ये १५७ मण्डपहरू ढाका दक्षिण शहरमा र ८८ उत्तर शहर निगमहरूमा हुने ढाका ट्रिब्यूनको रिपोर्टमा उल्लेख छ ।
गत वर्ष पुजा मण्डपको संख्या ३३ हजार ४३१ रहेको उनले यस वर्ष यो संख्या बढी हुने बताए ।
‘हामीले पूजा मण्डपहरूमा चौबीसै घण्टा सुरक्षा कसरी सुनिश्चित गर्ने भनेर छलफल गरेका छौँ । कुनै पनि अवरोध बिना पूजा मनाउन र भ्रष्ट गतिविधिहरूलाई रोक्नको लागि उपायहरू लिइनेछ,’ ढाका ट्रिब्यूनले उद्धृत गर्दै उनले भने ।
यसैबीच, राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले देशमा साम्प्रदायिक सद्भाव कायम गर्न आह्वान गरे । ‘हामी साम्प्रदायिक सद्भावको राष्ट्र हौँ । कसैले पनि धार्मिक सद्भावलाई नष्ट गर्ने कुनै कार्य गर्ने छैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया