गाजा । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु भएको छ । गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ ।
पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाइ आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ ।
‘इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ । यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएका छन्, ’गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्टसंघीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेखेका छन् । युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना छ जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।
मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसंघीय निकायले जनाएको छ । गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ भने विद्यालयमा बारम्बारको युद्धले बिथोलिएका गाजाको जनसंख्याको ठूलो हिस्साले आश्रय लिई रहेको छ । इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबीच लुकेको आरोप हमासले अस्वीकार गरेको छ ।
इजरायली सेनाले विज्ञप्तिमार्फत अल–जावनी क्षेत्र भित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया