प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

लोकपथ
63
Shares

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने सिलसिलमा प्रधानमन्त्री ओली र युनुसबीच भेट भएको हो ।

भेटका क्रममा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?