छबिलाल जोशीलाई थप सात दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति

लोकपथ
77
Shares

पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छबिलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) समेत रहेका जोशीलाई ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ गरी त्यसै दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई पहिलो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतले दोस्रो पटक सात दिनको अनुमति दिएको हो । यद्यपि, प्रहरीले दुबै पटक १० दिनको अनुमति माग गरेको थियो ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदन कार्यान्वयनका क्रममा जोशीलाई पक्राउ गरिएको हो ।

प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राईको नेतृत्वमा पोखरामा खुलेको सूर्यदर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?