भरियो कुलेखानी ड्याम, स्थानीयलाई सतर्क रहन आग्रह

लोकपथ
42
Shares

काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेकोले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ । कुलेखानी जलविद्युत आयोजनाको तटीय क्षेत्र कुनै पनि समयमा डुबानमा पर्ने भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

केन्द्रले पत्राचार गर्दै भनेको छ, ‘अहिले भइरहेको अविरल वर्षाको कारण यस कुलेखानी जलविद्युत केन्द्रको ड्याममा पानीको सहत बढी हुन सक्नुका साथै चखेल, सिम, मुख्य ड्यामको ढोका खोल्न पर्न सक्ने हुनाले बागमती खोलाको बहान बढ्न गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुबानमा पर्ने सम्भावना रहेको ब्यहोरा जानकारी गराउँदै त्यस क्षेत्रका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन आवश्यक जानकारी गराइदिन अनुरोध छ ।’

यस्तै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाईसमेत सुरक्षित स्थानको पूर्व तयारी गर्न अनुरोध गरेका छन् । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण ड्याम तथा नदीहरूमा जलसतह ह्वात्तै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?