काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा रहेको बताएका छन् ।
मंगलबार सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उनले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाउने र लामिछानेलाई सिध्याउने एवम रास्वपालाई थर्काउने, धम्काउने, गलाउने रणनीतिमा लागि परेको बताए ।
उनले स्वतन्त्र न्यायीक निष्पक्ष छानबिन आयोग बनाएर सबै भ्रष्टहरुको छनबीन आफूहरूले गर्ने दाबी पनि गरे । उनले अरू सहकारी ठगीको आरोपीहरूलाई चाहिँ सरकारले बचाइराख्दा रविलाई हिरासतमा राख्नु कुनै औचित्य नरहेको बताए ।
‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र ऋषि केश पोखरेल जस्तालाई पनि आरोप लागेको छ । तर सरकारले उनीहरूलाई बचाइराखेको छ । जीवी राईका सल्लाहकार आज राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई चाहिँ उन्मुक्ति दिने स्वतन्त्र हिँड्न दिने तर रविलाई हिरासतमा राख्नु औचित्य छैन । अभिलम्ब उहाँ रिहा हुनुपर्छ ।’
सांसद सुमना श्रेष्ठले रास्वपाको सरकारले आफूहरूको आन्दोलन कमजोर बनाउन प्रयास गरिरहेको बताएकी छन् । उनले आफूहरूलाई गलाउने र कमजोर बनाउने तथा फुटाउने सरकारको प्रयासलाई प्रतिरोध गर्नुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया