चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

लोकपथ
70
Shares

काठमाडाैं । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागीहरूलाई आकर्षित गराएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रित सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रित पनि गरेको छ । विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ । 

टाउकोमा जडान गरिएको क्यामेराको सहारा लिएर रोबोट कुकुरले देखाएको प्रदर्शनी निकै रोचक मानिएको छ । प्रहरीकै रूपमा २४ घण्टा गस्ती गर्न सक्ने बताइएको रोबोटका कारण सम्मेलन थप प्रभावकारी बनेको छ । 

सम्मेलनमा ग्लोबल डेभलपमेन्ट इनीसीएटीभ, डिजिटल अर्थतन्त्र, एआई टेक्नोलोजी इनोभेसन र गभर्नेन्स जस्ता विषयहरुमा छलफल गरिरहेको छ । (सिसिटिभी प्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?