एजेन्सी । चीनमा गएको ठुलो र आश्चर्यजनक हिमपहिरोको भिडियोले विश्वको ध्यान खिचेको छ । उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा बिहीबार गएको ठुलो हिमपहिरो यतिबेला चर्चामा समेत छ ।
जसले केही सेकेन्डमा सम्पूर्ण उपत्यकालाई घेरेको थियो। नाटकीय रुपमा गएको पहिरोले मानवीय क्षति भने गराएको छैन ।
उच्च स्थान अर्थात कुनलुन पर्वतमा गएको हिमपहिरो खुल्ने बित्तिकै, तत्काल हिउँ भएको र दसौँ मिटर अग्लो हिउँ पर्खाल बनेको थियो ।
समुन्द्री सतहबाट ६ हजार मिटरभन्दा बढी उचाइमा रहेको उक्त क्षेत्रमा निरन्तर हिउँले ढाकिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया