अष्ट्रेलियाविरुद्ध भारतले लियो २१८ रनको अग्रता

लोकपथ
322
Shares

काठमाडौं । अष्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलमा भारतले अष्ट्रेलियामाथि २१८ रनको अग्रता लिएको छ ।शनिबार दोस्रो दिनको खेल सकिँदासम्म भारतीय टोलीले दोस्रो इनिङ्समा कुनै पनि विकेट नगुमाएर १७२ रन बनाएको हो ।

यशस्वी जैसवाल ९० रन र केएल राहुल ६२ रनमा नटआउट रहेका छन् । दुवैले ३४६ बलमा १७२ रनको ओपनिङ साझेदारी गरेका छन् ।

अष्ट्रेलियाले आज बिहान पर्थमा अघिल्लो दिनको स्कोर ७ विकेट गुमाएर ६७ रनबाट खेल सुरु गरेको थियो  । टोलीले स्कोर बोर्डमा ३७ रन थप्दा अन्तिम ३ विकेट गुमाएको थियो । अष्ट्रेलियालाई पहिलो पारिमा ४६ रनले पछि पार्न सफल भयो ।

विकेटकिपर एलेक्स क्यारीले पहिलो दिनको आफ्नो स्कोरमा २ रन मात्र जोड्न सके र कुल २१ रन बनाए भने नाथन लियोनले ५ रनको योगदान दिए । मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाए ।

भारतीय कप्तान जसप्रित बुमराहले ५ विकेट लिए । डेब्यु गर्दै हर्षित रानाले ३ विकेट लिए । मोहम्मद सिराजले २ विकेट लिए । शुक्रबार खेलको पहिलो दिन भारतीय टोली १५० रनमा अलआउट भएको थियो । भारतले टस जितेर ब्याटिङ रोजेको थियो । अब आइतबार तेस्रो दिनको खेलमा भारतका यशस्वी जैयसवाल र केएल राहुलले पारि सुरु गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?