भम्रणमा जानु चार दिनअघि मात्रै प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा

नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयद्वारा आज शुक्रबार एकसाथ विज्ञप्ति जारी

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरिएको छ । चीन भ्रमणको चार दिनअघि मात्रै भ्रमणको औपचारिक घोषणा गरिएको हो । नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा मंसिर १७–२१ ९डिसेम्बर २ देखि ५ सम्म० का लागि चीन भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसँग छुट्टाछुट्टै औपचारिक वार्ताको पनि तालिका बनेको छ ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?