काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले रसुवागढी भन्सार कार्यालय तथा अध्यागमन कार्यालयको अवलोकन गरेका छन् ।
मन्त्रालयको कानुन तर्जुमा र जनप्रतिनिधि क्षमता अभिवृद्धि तालिम कार्यक्रमको लागि रसुवा पुगेका मन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीसँग भेटघाट गरी जिल्लाको समग्र अवस्थाबारे जानकारी लिए ।
मन्त्री लामिछानेले रसुवागढी भन्सार कार्यालय, अध्यागमन कार्यालयको अवलोकन गरी कार्यालयको कार्यप्रगति, वस्तुस्थिति र कार्यसम्पादन गर्दा भएका समस्याको बारेमा कार्यालय प्रमुखसँग जानकारी लिए ।
प्राविधिक उपकरणको अभाव भएका कारण सहज रुपमा सुरक्षा जाँच हुन नसकेको र गएको असोज १० को बाढी पहिरोले ५ अर्ब राज्यलार्इ राजस्व ह्रास्व भएको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रसुवा, जिल्ला कारागार, सशस्त्र प्रहरि बल २० नं गण, जिल्ला प्रशासन कार्यालय रसुवाको समेत अवलोकन गरे ।
भेटघाटका क्रममा जिल्ला कारागारका प्रमुखले कैदबन्दीका समस्याका बारेमा बताए ।
मन्त्री लामिछानेले प्रदेश सरकारको कार्यक्षेत्रसँग सम्बन्धित विषयहरुको लागि सहजीकरण गर्ने, यो वर्ष जिल्लामा मन्त्रालयका योजना कम रहेको बताउँदै यस वर्ष आफू योजना कार्यान्वयन गर्नेमा मात्र अवस्थामा रहेको रहेको बताए । त्यस्तै आगामी वर्ष मन्त्रालयले योजना कार्यक्रम निर्माणको क्रममा रसुवा जिल्लालाई प्राथमिकता राख्ने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया