काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको छ ।
शुक्रबार दिउँसो काठमाडौंबाट गोकलगंगा गाउँपालिका वडा नं ५ बेताली जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगा–६ फर्पुमा दुर्घटना भएको थियो ।
दुर्घटनामा वडाध्यक्षको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले लोकपथलाई जानकारी दिइन् । उनका अनुसार सुमोबाट २ वटा शव निकालिएको र अन्य ३ वटाको शव निकाल्न बाँकी रहेको छ । बस्नेत गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
उक्त दुर्घटनामा परी अन्य ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर विक्रम खड्काले लोकपथलाई बताए ।
फर्पुको सिमखोलामा उक्त गाडी दुर्घटना भएको हो । ८ जना सवार रहेकोमा अन्य ३ जनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया