दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप

लोकपथ
56
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धानका लागि थप ५ दिन थप भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रसाईँमाथि अनुसन्धान गर्न ५ दिन थप गरेको हो ।

प्रसाईँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गत मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा करोडौँको सम्पत्ति रहेको भन्दै ‘फेक डकुमेन्ट’ प्रचार गरेका थिए ।

बिहीबार विद्युतीय कारोबार अन्तर्गत अनुसन्धानको दायरामा रहेका प्रसाईँलाई उचित उपचारको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

प्रसाईँ क्यान्सर रोगको बिरामी रहेको भन्दै उनका छोराले दिएको बन्दी प्रत्येक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उचित उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?