हाइलाइफ फुड्स र लुम्बिनी लायन्स बीच सहकार्य : ‘क्रिकेटको  उत्साहका लागि स्वस्थ जीवनशैली’

लोकपथ
0
Shares

काठमाडौं । नेपालकै एफएमजीसी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । ‘क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली’ भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्स प्रति समर्थन जनाउँदै सहकार्य गरेको हो । 

हरेक खेलाडीहरू स्वस्थ राख्नुको साथै हरेक नेपालीहरूलाई स्वस्थ जीवनशैली बाच्नको लागि प्रेरित गर्न हाइलाइफका विभिन्न ब्रान्डहरूले सहयोग पुर्‍याउने विश्वास हाइलाइफको छ ।

क्रिकेटमार्फत सम्पूर्ण युवाहरूलाई फिटनेस र टिमवर्क प्रति जागरूक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनी तयार रहेको हाइलाइफले जनाएको छ । हाइलाइफका विभिन्न खाद्य वस्तुहरूमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरूलाई जोड्न समेत यस कम्पनीको ब्रान्डहरूको विशेष भूमिका रहेको कम्पनीको ठहर छ । 

हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यहरू उत्पादन तथा आयात गरी बजारीकरण समेत गर्दै आएको छ । अन्य २ कम्पनीहरूका उत्पादनहरूलाई समेत हाइलाइफको माध्यमबाट बजारीकरण गर्दै आइरहेको छ । हरेक नेपालीका भान्छामा आवश्यक वस्तु उपलब्ध गराउने योजनाअनुसार कम्पनीले छिट्टै अचार तथा खाने तेल समेत उत्पादन गर्ने जनाएको छ । कम्पनीले हाल विभिन्न १५ थरीका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको र उत्पादित वस्तु नेपालका सबै सहरहरूका साथै हङकङ, मकाउ लगायतका देशहरूमा विक्री वितरण हुँदै आइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?