तारकेश्वरको लामबगरमा आइचरमा बस ठोक्कियो, २ जनाको मृत्यु, एक जना घाइते 

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं तार‌केश्वर नगरपालिका-८लामबगरमा तीव्र गतिमा चलेको बस आइचरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको  छ भने अन्य एक जना घाइते भएका छन्।

शनिबार बिहान काभ्रेसथलीबाट सुन्धारातर्फ जार्दै गरेको बा ४ ख ६१११ नम्बरको बस रोकिराखेको आइचरमा ठोक्किएको हो। बसमा अत्यधिक मात्रामा यात्रु रहेका थिए।  

क्षमता भन्दा बढी यात्रु बोकेर आएको उक्त बस तीव्र गतिमा रहेको र रोकेर राखेको बा ३ क १६६६ आइचरमा झुन्डिएर आएका सहचालक र एक यात्रु ठोक्किएका हुन् । 

प्रहरीका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने घाइते भएका एक जनालाई त्रिवि अस्पतालमा उपचारको लागि लगिएको  छ । 

उक्त क्षेत्रमा यहिँ वर्ष अन्य तीन वटा सवारी दुर्घटना भएको भन्दै सत्यतत्य  छानबिन गर्न स्थानीयको माग छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?