नेपाललाई एमसीसी बोझ भयो, बीआरआईमा विवाद नगरौँ : झलनाथ खनाल

लोकपथ
112
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताएका छन् । 

शनिवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । चीनबाट नेपालले ऋण लिनु नै नहुने भन्नेकुरा नहुने बताए । उनले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोप लगाए । 

उनले चीनबाट लिने ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्ने बताए । अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसीसी ऋण भन्दा पनि ठूलो भएको बताए । एमसीसी राष्ट्रका लागि बोझ भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?