नयाँ दिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या रायको दुबईको एउटा कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनको नामबाट बच्चन थर हटेको छ । यो भिडियो सार्वजनिक भएपछि ऐश्वर्या र अभिषेक बच्चनले साँच्चै डिभोर्स गर्न लागेको हुन् भन्ने अड्कलबाजी बढेको छ ।
यो भिडियोमा फ्यानहरूले विभिन्न किसिमका कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले भने ऐश्वर्यालाई आफ्नो नामको पछाडि कुनै थर नचाहिने र उनी ऐश्वर्या राय मात्रै भएको बताएका छन् । अर्का प्रयोगकर्ताले पनि बच्चन बिना उनको आफ्नो अलग्गै पहिचान छ भनेर लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया