गाजामा इजरायली आक्रमणमा ५४ जनाको मृत्यु

लोकपथ
84
Shares
फाइल फोटो

काठमाडौं । प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली हवाई आक्रमणमा गाजामा पत्रकार र एक नागरिक सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र पिठो लिन पुगेका नागरिकहरुमाथि निशाना बनाई आक्रमण गरेको थियो ।

उद्धारकर्मीहरूले मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाइएको छ । उत्तरी गाजामा बेइट लाहियाको ताल अल–जातार क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

सिभिल डिफेन्सले जबलिया शिविरमा आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा एक अधिकारीको मृत्यु भएको बताएको छ । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार ३८२ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?