राष्ट्रपतिविरुद्ध नेविसंघ सडकमा, अध्यादेश तत्काल पास नगरे अझ शसक्त आन्दोलन गर्ने

काठमाडौँ,९ पुस। नेपाल विद्यार्थी संघले राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दबाब स्वरुप सडक संघर्ष शुरु गरेको छ । राजधानीमा आइतबार नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको दबाबमुलक ¥यालीमार्फत अध्यादेश पास गर्न राष्ट्रपतिलाई आह्वान गरेको हो । नेविसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको ¥यालीले शान्तिबाटिकामा पुगेर कोणसभा गर्दे देशलाई बन्धक बनाउन राष्टपति उद्धत रहेको आरोपनि लगाएको छ । ¥यालीपछि आयोजित कोणसभालाई संबोधन गर्दै महामन्त्री काफ्लेले संविधानले राष्ट्रपतिलाई सेरोमोनियलको हैसियद दिएकोले त्यही अनुसार काम गर्न आग्रह गरे । सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु राजेश रौनियार, बलदेब तिमल्सिना युवराज पाण्डे, रत्नहरी ढुङ्गेल , डोजाङ शेर्पा , पिपिन अधिकारी, तुलसी आचार्य लयायतले संबोधन गन गरेका थिए । राष्टपतिको हस्तक्षमकारी कामहरु अझै नसच्चिए नेविसंघले अझ शसक्त आन्दोलन गर्दै जाने केन्द्रिय सदस्य शुसिल भट्टले जानकारी दिए । राष्ट्रयसभाको निर्वाचन अहिलेको सरकारले गराउने कि नया बन्ने सरकारले बनाउने भन्ने विषयमा बाम गठबन्धन र कांग्रेसबिच विवाद रहदै आएको छ । राष्ट्रयसभाको निर्वाचनको लागी आवश्यक पर्ने अध्यादेश पास गर्नेको निम्ति एकमहिनाअघि नै सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपनि अझै पास भएको छैन ।

Leave a comment