बोकेदाह्रीले कसलाई भन्दै छन् ‘दुर्गाले मुर्गा बनाई’ भनेर

काठमाडौं, २० पुस । श्रीकृष्ण लुईटेल (बोकेदाह्री) कमेडी गीतमा छुट्टै पहिचान बनाएका गायक हुन् । उनी आफैँ गीत लेख्छन, संगीत भर्छन् र भिडियोमा पनि आफैँ देखिन्छन् । उनको स्वर, शब्द र संगीत रहेको गीत ‘सुनको सिक्रि’ले निकै चर्चामा रहेको समयमा श्रीकृष्ण लुईटेल (बाकेदाह्री) अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनकै शब्द रहेको ‘दुर्गाले मुर्गा बनाई’ बोलको गीतमा सिमान्त सन्तोषको स्वर छ । उक्त भिडियोमा भद्रगोलकी रक्षा दुर्गाको रुपमा देखिएकी छिन्, जसले बोके दाह्रीलाई फसाएर अर्कैसँग विवाह गर्छिन् । कतिपय युवतिले आफ्नो स्वार्थपूर्तिका लागि केटालाई फसाएर आफ्नो बाटो लाग्ने गरेको यर्थाथलाई यस भिडियोमा देखाउन खोजिएको छ । युवराज वाईवाको निर्देशनमा बनेको यस गीतको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा श्रीकृष्ण, सिमान्त सन्तोष, रक्षासँगै डि गोर्खाली बोईज पनि देखिएका छन् ।                    

Leave a comment