‘नआउ तिमी सजिएर जेनि हुन सक्छ’मा हिमाल र साराको रोमान्स

काठमाडौं, २४ पुस । चर्चित गायक हिमाल सागरले आफ्नो नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । विगत लामो समय देखि नेपाली सांगितिक क्षेत्रका आफूलाई स्थापित गर्न सफल पप तथा आधुनिक गायक हिमाल सागरले अर्को नयाँ म्यूजिक भिडियो ‘नआउ तिमी सजिएर जेनि हुन सक्छ’ सार्वजनिक गरेका हुन् । नेपाली सांगीतिक बजारमा पछिल्लो समय थपिएको नयाँ गीत ‘नआउ तिमी सजिएर’मा यस्तो भाव समेटिएको हो । गायक हिमाल सागरकै आवाज रहेको ‘न आउ तिमी सजिएर जे नि हुन सक्छ’ बोलको गीति गजलमा गीतकार नृपेश उप्रेतीको शब्द रहेको छ । उक्त सार्वजनिक गीति गजललाई अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् भने अर्जुन उप्रेतीले निर्देशन गरेको यो म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । यस म्यूजिक भिडियोमा गायक हिमाल सागरको साथमा मोडल सवि सिंहले सारालाई यसरी सजिएर आयौ भने जे नि हुनसक्ने भन्दै चेतावनी दिएका छन् । https://youtu.be/2u4pd5rGB2Y  

Leave a comment