श्वेता र दयाहाङ ‘यो जीउ दाउमा लाउने’ मा 

काठमाडौं, २६ पुस । चलचित्र ‘कान्छी’को पहिलो गीत ‘चरी चट्ट परी भुरुरु’ ले युुटुबमा रेकर्ड नै राखेका छन् । अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘यो जीउ दाउमा लाउने’ लोकलयमा आधारित गीत युट्युबमा सार्वजनिक भएको हो । दयाराम पाण्डे शब्दरचना रहेको यो गीत गत बिहीबार युट्युबबाट सार्वजनिक गरिएको हो । अहिलेसम्म १० लाख भन्दा धेरैपटक हेरिएको छ । धमेन्द्र सेवानले गाएको गीतमा श्वेता खड्का र दयाहाङ राई सहितका कलाकारको नृत्य रहेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी श्वेता आफ्नै चलचित्र ‘कान्छी’ बाट चलचित्र क्षेत्रमा फर्केकी छन् । आकाश अधिकारीको निर्देशन रहेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कमलेश्वर चौरसिया, निर शाह, भूमिका श्रेष्ठ, सुजल गिरीलगायतका कलाकारको अभिनय रहेको छ । शिव श्रेष्ठ र शर्मिला मल्ल अभिनित कान्छी चलचित्र ३३ वर्षअघि नै बनेको थियो । त्यही चलचित्रको नाम सापटी लिएर नायिका श्वेता खड्का चलचित्र ‘कान्छी’ बनाएकी हुन् । चलचित्र आउँदो माघ २६ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । https://youtu.be/ydmNaEWfPHs  

Leave a comment