‘ब्लाइन्ड रक्स’मा बेनिशाको ‘उड्यो मन..’

काठमाडौं, २९ पुस । नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शन हुने भएको छ । निर्माण यूनिटले चलचित्रको पहिलो गीत रिलिज गरेका छन् । बेनिशा हमाल माथी फिचरिङ गरिएको ‘उड्यो मन...’ बोलको गीतमा कत्थक नृत्य र शास्त्रिय संगीत मिश्रण छ । हरि लम्सालद्वारा संगीतबद्ध गीतलाई बाँनिका प्रधानले गाएकी छन् । यस गीतमा नरेश भट्टराईका शब्द छन् । दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमाथि बनेको चलचित्र पेश मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टले अभिनय गरेका छन् । नायिका हमालले भने सृष्टिको भूमिकामा अभिनय गरेकी छन् । लन्डन प्रदर्शन गरिएको चलचित्र १८ फागुनमा स्वदेश प्रदर्शनमा आउँदैछ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो । https://youtu.be/2NhaIJZJ2FQ  

Leave a comment