वास्तविक जीवनमा घटेको गीत गाउँदै गायक गौरब आले

काठमाडौं, ३ माघ । नेपाली संगीत क्षेत्रमा अहिलेका उदाँउदो गायक गौरब आलेले आफ्नै वास्तविक जीवनमा घटेको गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेका छन् । प्रमोद पन्तको सुमधुर संगीत र उषा आचार्यको भावपूर्ण शब्दमा गायक आलेले गाएको “तिम्रो याद” बोलको गीत युट्युब र रेडियोमार्फत सार्वजनिक भएको छ । गायक तथा संगीतकार तिलक पेलासँग २ वर्ष शास्त्रीय संगीतको शिक्षासमेत लिएका गायक आलेको गायन प्रतिभाकोे हिजोआज चर्चा हुन थालेको छ । संगीतकार पन्तले आलेको प्रतिभा चिनेर आफुले शास्त्रीयशैलीको गीत गाउन लगाएको र यो आवाजले भविष्यमा निकै लोकप्रियता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । गायक आलेले एक वर्षअघि आफ्ना काका महेन्द्र आलेको स–परिवार कार दुर्घटनामा परी मृत्यु भएको सम्झनामा सो गीत गाएको बताए । https://youtu.be/R6j_R5eQf8E  

Leave a comment