तिलरि भन्दै मकैको खोया कसलाई दिए आस्मानले

काठमाडौं, ६ माघ । गायक आस्मान लोप्चनले आफ्नो चौथो गित खान्दोके सेलो ‘तामाङको हुल उठेउ’ गितको भिडियो सार्वजानिक गरेका छन् । सिन्धुपाल्चोकमा तामाङ सेलो गायकको छवि बनाएका गायक आस्मान लोप्चनको आफ्नै शब्द संगित र स्वरमा रहेको गितलाई बुद्ध लामा तितुङले निर्देशन गरेका हुन् । गायक लोप्चनकै भुमिका रहेको म्यूजिक भिडियोमा प्रितम तामाङ, रन्जिता तामाङ, आस्मा लामा र बले तामाङले अभिनय गरेका छन् । सिन्धुपाल्चोकको बलेफी गाँउपालिकाको धुस्कोटमा रामेश्वर जिरेलले छायांकन गरेको भिडियोलाई दिपक तामाङले सम्पादन गरेका हुन् । गायक लोप्चनले यसअघि पनि आस्याङ्कि छोरी, हिमाल पारिको गाउँ र नक्कलि गोरि ठिटि गरि ३ वटा गीत तथा भिडियो सार्वजानिक गरिसकेका छन् । मौलिक परम्परा झल्किने गित भएकै कारण भिडियोमा पनि तामाङ समुदायको मौलिक परम्परालाई समेटिएर भिडियो निर्माण गरेको गायक लोप्चनले बताए । तामाङ समुदायमा सैलुङ्गे जुहारि, फापरे सेलो, म्हेन्दोमाया सहित खान्दोके सेलो पनि तामाङ सेलो भित्रको एक चर्चित पाटो हो । खान्दोके सेलो प्रवर्द्धन गर्नको निमित्त सदैब लागि पर्ने गायक लोप्चनले बताए । https://youtu.be/0HPAbFz0HL0    

Leave a comment