नेपाल आइडलका फस्ट रनअफ भट्टराईको पहिलो गीत सार्वजनिक

काठमाडौं, ७ माघ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो सार्वजनिक भएको हो । नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो । युवराज वाइबाले निर्देशक गरेका भिडियोमा निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको अभिनय रहेको छ । प्रदिप चापागाईको शब्द रहेको गीतमा आनन्द राई र निशान भट्टराईको स्वर रहेको छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । https://youtu.be/SKZ-0lSajIY  

Leave a comment