चलचित्र ‘हुर्रे’को दोस्रो गीत सार्वजनिक, नीताको हट आइटम डान्स

काठमाडौं, ८ माघ । नेपाली चलचित्र ‘हुर्रे’को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गरिएको ‘ठेकीमा दही’ बोलको गीतमालाई सबैले मन पराए पछि निर्माण यूनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो । फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीताढुंगानाले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, अंकित खड्का, अनुपविक्रम शाही, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । कार्यक्रममा उपस्थित नीताले गीत मन परेकाले आफूले काम गरेको बताइन् । झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा एकतारेको शब्द, कालिप्रसादकै संगीत रहेको छ । https://youtu.be/7bZjXAmtDj0  

Leave a comment