निर्मलाको ‘सिरीरी हावा चल्यो’मा अभिनेत्री स्वस्तिमा

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले गायिका निर्मला घिसिङको गीत ‘सिरीरी हावा चल्यो' सिंगारेकी छन् । उनले आफ्नो सुन्दर अभिनय मार्फत यो गीत सिंगारेकी हुन् । गीत भिडियो सहित सार्वजनिक गरिएको छ । भिडियामा स्वस्तिमा पहिलो पटक डबल रोलमा देखिएकी छन् । गायिकाको अनुसार परिवर्तन भईरहने नेपाली संगीतको ट्रेन्ड भन्दा नितान्त अलग धारको कन्सेप्ट अनुसार गीतको भिडियो निर्माण गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोले युट्युवमा ९६ हजार ७६ पटक हेरिसकेको छ । बबिराज घतानीको शब्द, संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्, भने कोरियोग्राफि राजिव समरको रहेको छ । भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । सम्पादन भने प्रकाश तुलाधरको रहेको छ । लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशिल निर्मलाले यस गीतलाई आफ्नो दोश्रो गीति संग्रह ‘खबर’ मा समाबेश गरेकी छिन् । नेत्र विक्रम चन्द विप्लव द्धारा रचित ‘कसले बनायो दाजै उडि जाने बस ’ बोलको गीत पनि यसै एल्बममा समावेश छ ।

Leave a comment