‘शत्रु गते’को ‘पिरतीको बर्काे' बोलको गीत सार्वजनिक

काठमाडौं, १८ माघ । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’को अर्को गीत सार्वजनिक भएको छ । मह जोडीको प्रस्तुतिमा बनेको चलचित्रको ‘पिरतीको बर्काे' बोलको गीत सार्वजनिक गरिएको हो । ‘पिरतीको बर्को’ गीतमा पल शाह र आँचल शर्मालाई देख्न सकिन्छ । यस चलचित्रमा जोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ । कमेडी विषयमा निर्माण भएको चलचित्र ९ चैत्रबाट प्रदर्शनमा आउँदैछ । https://youtu.be/IySf4-aX_lM    

Leave a comment