चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक, पावरफूल भूमिकामा शिल्पा

काठमाडौं, २६ माघ । नेपाली चलचित्र ‘मंगलम’को ट्रेलर रिलिज भएको छ । फागुन २५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अभिनेत्री शिल्पा पोखरेललाई पावरफूल भूमिकामा देखिने भएको छ । यो फिल्ममा अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि विशेष भूमिका छ । साम्राज्ञी शिल्पाको प्रेममा परेका पुष्पलको बिषयमा अध्ययन गर्ने विद्यार्थीको भूमिकामा देखिएकी छिन् । छविराज ओझाले यस अगाडि बनाउने रोमान्टिक, पारिवारिक प्रेमकथाका फिल्म जस्तै यसको कथा पनि यस्तै सेरोफेरोमा बनेको आभाष हुन्छ । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् भने छविराज ओझाले निर्माण गरेका हुन् । https://youtu.be/y274jtCCkVU  

Leave a comment