सरोजसँग यसरी झुमिन् ऋषि धमलाकी पत्नी एलिजा

काठमाडौँ, ४ फागुन- पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको अभिनय रहेको फिल्म अनुरागको गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘कान्छा दाई’ बोलको गीत सार्वजनिक गरिएको हो । ‘कान्छा दाई’ बोलको क्लब गीतमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी र एलिजाको फिचर्ड छ।ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको गीतमा ताराको संगीत र ममताको शब्द छ । सत्यराज चौलागाई निर्देशक रहेको फिल्म एलिजा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्ममा एलिजाले नवनायक समुन्द्र पण्डितसँग रोमान्स गरेकी छन् । ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ । रामकुमार केसीले खिचेको फिल्ममा किरण दाहालको कथा छ । भरत गौतम र गीता भेटवाल निर्माता रहेको फिल्ममा सत्यराज चौलागाईं र आगत केसीको पटकथा रहेको छ भने फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् । फिल्ममा एलिजासहित ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर रानालगायतको समेत अभिनय छ । फिल्म जेष्ठ ११ गते प्रदर्शनमा आउने बताइएको छ ।

Leave a comment