माया गर्ने जोडीहरू प्रति समर्पित गीत ‘हिमाल मुनी...’

काठमाडौं, ६ फागुन । जसरी कागती देखेर हाम्रो जिब्रो रसाउँछ त्यस्तै कन्दरा ब्याण्डको नाम सुनेपछि मनमा संगीत रसाउँछ । कन्दरा ब्याण्ड नेपालको निकै पुरानो साङ्गीतिक समूह हो । हामी सबैले सुनेर नथाक्ने चाहे लेककी हे माया होस् या हङ्गकङ्ग पोखरा जस्ता सदाबहार गीत कन्दराकै हुन् । अहिले लामो समयपछि फेरी अर्को गीत लिएर आएको छ कन्दराले । लोकप्रिय गीत पस्किने सिलसिलामा गायक बिवेक श्रेष्ठको स्वर रहेको निकै नै रोमान्टिक गीत सार्वजनिक भएको छ । कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा सङ्गीत दिएका छन् । सङ्गीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका सङ्गीत संयोजक हुन् । लामो समयदेखि सङ्गीत सिर्जनामा सक्रिय कन्दरा ब्याण्डले आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ‘हिमाल मुनी...’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको उक्त भिडियो माया गर्ने जोडीहरूलाई समर्पित गरिएको बताइएको छ । हिमाली क्षेत्रका आकर्षक लोकेशनमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायाङ्कन तथा सम्पादन गरेका हुन् । छायाङ्कनमा उनलाई पुष्कर थापा तथा सुरज श्रेष्ठले सहयोग गरेका छन् । भिडियोले कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो । https://youtu.be/B_c5IlEZco4  

Leave a comment