‘कोइला’को ‘यो माया’ गीतमा प्रज्वल र सोनियाको रोमान्स

काठमाडौं – बैशाख २१ बाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘कोइला’ले आफ्नो प्रचार प्रसारको थालनी गरेको छ । निर्माण युनिटले चलचित्रको पहिलो गीत ‘ यो माया’ सार्वजनिक गर्दै प्रचार प्रसारको थालनी गरेको हो । गीतमा अभिनेता प्रज्वल गिरी र अभिनेत्री सोनिया गिरीको अभिनय देख्न सकिनछ । गायक तथा संगीतकार ओम सुनुवारको संगीतमा रहेको गीतमा माण्डबी त्रिपाठी र संगीतकार ओम सुनुवारको आवाज रहेको छ । दिनेश सुबेदीको शब्द, बिनोद सापकोटाको छायाँकन र शंकर बिसीको नृत्य निर्देशन रहेको गीतमा राम्रो बनेको छ । गजेन्द्र रञ्जितको निर्देशन रहेको एक्सन लभस्टोरी चलचित्र ‘कोइला’मा प्रज्वल र सोनियाको अलवा धुर्ब कोईराला, किरन थापा, बिशाल पहारी, कालु राना, राम चन्द्र अधिकारी लगायतको अभिनय रहेको छ । आरोही फिल्मस्को ब्यानरमा बनेको ‘कोइला’का निर्माता बिजे शर्मा, प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्न शर्मा र अराज शर्मा रहेका छन् ।

Leave a comment