सुरु भयो नेपाल आईडल–२ को अडिसन, कहाँ–कहाँ र कहिले हुँदैछ ? विस्तृतमा हेर्नुस् (भिडियो सहित)

काठमाडौं, २१ फागुन । अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ’नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ । केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ । देशका कुना कन्दरामा बसेरा आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ । पहिलो सिजनमा देशभरको ७ मुख्य सहरबाट उत्कृष्ट जादुमय स्वर भएकाहरूले मौका पाएका थिए भने दोश्रो सिजनमा देशभरका ६ शहरबाट जादुमय स्वरहरु छानिने छन् । यसको अडिसन कहाँ कहाँ र कहिले हुने बारे बिस्तृत जानकारी सहितको यो भिडियो हेर्नुस् । Video Link : https://youtu.be/hSNvmx2usHo नेपाल आईडलको पहिलो सिजनले सुरुवात देखि, सुखद समापन समेत गर्न पाएको थिएन । अब दोस्रो सिजनले कस्तो उपलब्धि हासिल गर्ने हो भन्ने कुरा भने सबैमा खुल्दुली छ । आउँदो चैतबाट अडिसन हुने दोश्रो सिजनमा तपाईको सहभागिता निकै उत्साहजनक हुनेछ । नेपाल आईडलको दोश्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले नै मुख्य प्रायोजन गरेको छ । पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो । बिजेताले के पाउने भन्ने बिषयमा हाललाई खुलाइएको छैन । https://youtu.be/hSNvmx2usHo  

Leave a comment