प्रदेश ४ का मुख्यमन्त्री गुरुङले लिए विश्वासको मत

पोखरा, २५ फागुन । ४ नं. प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका छन् । शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ । सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् । कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।

Leave a comment