सुशासन र विकासका लागि अघि बढ्न मुख्यमन्त्री पोखरेलको आह्वान

बुटवल, २८ फागुन । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन दलहरुलाई आह्वान गरेका छन् । प्रदेशसभाबाट विश्वासको मत पाएको पोखरेलले पत्रकार सम्मेलन गरेर सबै मिलेर सुशासन र विकासका लागि अघि बढ्न आह्वान गरेका हुन् । पोखरेलले भने, सुशासन र विकासका लागि अघि बढ्न सक्यौ भने मात्रै हामीले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सक्छौं र जन आकांक्षालाई पूरा गर्न सक्छौं ।’

Leave a comment