गोली प्रहारबाट घाइते मेयर चौधरीलाई भेट्न पुगे मुख्यमन्त्री

काठमाडौं, २९ फागुन– अज्ञात समूहको खुकुरीका साथै गोली प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपालगन्ज मेडिकल कलेजबाट मंगलबार उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ल्याइएको हो । यसैबीच ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार साँझ चौधरीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । सो क्रममा भट्टले घटनामा संलग्न दोषीहरु लाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारबाही गरिने जानकारी समेत दिए । उनको टिचिङ हस्पिटलको आकस्मिक कक्षमा उपचार भइरहेको छ । सोमबार साँझ घोडाघडीमा अज्ञात समूहबाट उनीमाथि आक्रामण भएको थियो ।

Leave a comment