गर्भपतन गराउने महिलाको संख्या घट्यो

गगन अयडी धनगढी, २९ फागुन–कैलालीमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या चालु वर्षको आठ महिनाको तुलनात्मक रुपमा घटेको छ । अघिल्लो दुई वर्षको तुलनामा सेती अञ्चल अस्पतालमा यस वर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको छ । यस वर्ष साढे सातसय बढी महिलाले सुरक्ष्ँित गर्भपतन गराएको तथ्यांक छ । धनगढीस्थित सेती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या यस वर्ष घटेको छ । जनचेतानको विकाससंगै अस्थायी साधनको प्रयोग बढेपछि सुरक्ष्ँित गर्भपतन गराउनेको संख्या घटेको हो । गत बर्षभन्दा यस वर्ष गर्भपतन गराउने महिलाको संख्या घटेको सुरक्षित गर्भपतन वार्ड ईन्चाज भगवती बडालले बताइन् । चालू आर्थिक वर्षको आठ महिलामा सात सय ६७ महिलाले सेती अञ्चल अस्पतालमा गएर सुरक्ष्ँित गर्भपतन सेवा लिएका छन् । गत एक वर्षको अवधिमा १ हजार ६ सय महिलाले गर्भपतन गराएका छन् । गत वर्षको यो संख्याको तुलनामा यस वर्ष गर्भपतन गराउने महिलाको संख्या कम हो । अघिल्ला वर्षहरुमा भने विभिन्न कारणहरुले गर्भपतन गराउने महिलाहरुको संख्या केही बढी रहेको इन्चार्ज बडालको भनाई छ । नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था रहेको छ । पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउने क्रम रहिआएको अस्पताले जनाएको छ ।

Leave a comment