चौपाया व्यवस्थापनका लागि महायज्ञ गरिने

धनगढी, ३० फागुन – कैलालीमा पशु चौयाया व्यवस्थापन गर्न चुनौती देखिएपछि त्यसको व्यवस्थापनका लागि आगामी बैशाखदेखि गौ संरक्षण महायज्ञ लगाइने भएको छ । कैलालीका तीन स्थानीय तहको सहयोगमा धनगढीको शिवपुर धाममा आगामी बैशाखमा गौ संरक्षण महायज्ञ आयोजना गरिने भएको हो । कैलालीमा एक समस्याका रुपमा देखिएको छाडा चौपाया व्यवस्थापनका लागि गौ संरक्षण महायज्ञ लगाइने भएको हो । जिल्लाका विभिन्न स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापन गर्नमा समस्या देखिएपछि गाईको धार्मिक महत्त्व दर्शाउने उद्देश्यले आगामी बैशाख १८ गतेदखि धनगढीस्थित शिवपुरी धाममा महायज्ञ लगाउन लागिएको हो । महायज्ञ आयोजनाका लागि शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धामका संयोजक योगेन्द्र मल्लको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । संयोजक मल्लले समुदायबाट गाईको दूध खाएर छोड्ने प्रविधि रोक्नका लागि महायज्ञको आयोजना गरिएको संयोजक मल्ले बताउनुभयो । उनले महायज्ञबाट उठेको रकम छाडा गाईको व्यवस्थापनमा खर्च गर्ने बताउनुभयो । छाडा पशु चौपायाले बाली सखाप पार्नुका साथै ट्राफिक समस्या पनि निम्त्यिाइरहेको छन् । छाडा चौपायाले गर्दा जन गुनासो बढ्दै गएपछि समस्या समाधानका लागि एक बाटो अपनाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । अहिले धनगढीका विभिन्न वडाहरुमा गाई व्यवस्थापनका लागि सामान्य गौशालाहरु बनाइएका छन् । तर, त्यतिले मात्रै छाडा गाई व्यवस्थापन गर्न सकिएको छैन । यसका लागि अब गाईको आर्थिक महत्व बुझाउँदै महायज्ञबाट संकलित रकमबाट गौशाला निर्माणमा मद्दत पुगोस् भनेर महायज्ञको तयारी गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृप वडले बताए ।

Leave a comment