तीन तस्बिरमा हेर्नुहोस् चिनियाँ विमान

काठमाडौँ, ४ वैशाख- चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे । कलसाइन (एन–एकेयू/)एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० ९५६ सिट क्षमताका० विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ । विसं २०६९ मा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौताबमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुई अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ ।

Leave a comment