यो को कांग्रेसको आलोचना गर्ने नयाँ कांग्रेस

काठमाडौं, २४ असोज–नेपाली कांग्रेस (वी.पी.) ले आगामी प्रदेश र संघीय संसदको निर्वाचनमा ७७ जिल्लाका १६५ क्षेत्र र ३३० प्रदेश क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरेको छ । सो पार्टीले एक विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक इतिहास बोकेको वी.पी.कोइरालाले स्थापना गरेको पार्टी नेपाली काँग्रेसमा अराजकता, व्यक्तिवाद,चाकडीवाद, परिवारवाद र भ्रष्टाचारले गर्दा नेपाल झन गरिव हुदैँ गइरहेको भन्दै कांग्रेसको आलोचना गरिएको छ । प्रजातन्त्रको आन्दोलनको अग्रस्थानमा रहेको नेपाली काँग्रेस भित्र वलिदान गरेका योग्य र दक्ष कार्यकर्तालाइ पाखा पारिएको धन,गन,र डनका आधारमा पार्टीलाई अगाडि बढाइरहेको ,पार्टी कम्युनिस्टहरुको एजेण्डामा बगेकोले जनतामा प्रजातान्त्रिक नेताहरु प्रति अनाकर्षण बढेकाले सो का लागी पार्टीलाई झन बलियो बनाउन वी.पी.बिचारको विकास अवको राष्ट्रिय निकासको मन्त्रमा प्रजातान्त्रिक समाजवादलाई स्थापित गर्न नेपाली काँग्रेस (वि.पी) गठन गरी अगाडि बढिएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय उन्नति,राष्ट्रियताको संरक्षण, राष्ट्रिय धर्म संस्कृति परम्पराको रक्षा र आधुनिक समृद्दिका लागि पार्टीको स्थापना भएको कार्यबहाक सभापति झलक नाथ वाग्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a comment