Author: Lok Media

‘भोर’ ले मधेसको मुद्दा उठाएको छः निर्देशक भट्टराई

काठमाडौं, ७ वैशाख – चलचित्र ‘भोर’ यही वैशाख २१ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्र रिलिज हुने मिति दर्शकमाझ पु–याउने यतिबेला फिल्मले प्रचारमा पनि उत्तिकै ध्यान दिएको छ । यसैबीच चलचित्रले रिलिज मितिको छेको पारेर पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा फिल्म ‘झोला’ निर्माण गरेर चर्चामा आएका निर्देशक यादव कुमार भट्टराईले यो चलचित्र पनि सामाजिक विषयवस्तुमा राम्रो बनेको बताए । चलचित्रमा दाइजोको कथालाई समेटिएको छ । मधेसमा हुने दाइजो प्रथा र दाइजोका नाममा हत्यासमेत गर्ने कथालाई लिएर चलचित्र निर्माण गरिएको भट्टराईले बताए । ‘दाइजो प्रथा तराईकै सबैभन्दा ठूलो समस्या हो, यही कथा उठाएर हामीले भोर निर्माण गरेका हौं, फिल्मले...

Read More

फिल्म ‘लम्फू’ ले रिलिज गर्‍यो सुको नहोस यार (भिडियो)

काठमाडौं, ७ वैशाख – चलचित्र ‘लम्फू’ ले तेस्रो गीत स्वरुप नयाँ गीत सार्वजनिक गरेको छ । सार्वजनिक गरेको ‘सुको नहोस् यार’ बोलको गीतमा चर्चित गायक शिव परियारले स्वर दिएका छन् । गीतमा अर्जुन पोखरेलको संगीत छ भने प्रमोद ढुंगानाका शब्द छन् । गीतको भिडियोलाई शिव विकले कोरियोग्राफी गरेका हुन् । गीतमा युवापुस्ताको रोमान्सलाई प्रस्तुत गरिएको छ । चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । त्यस्तै कविर खड्का, मरिष्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, कुसुम श्रेष्ठ लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । चलचित्रमा एक युवाको जीवनमा आउने उतारचढावको कथालाई उठान गरिएको बताइएको छ । त्यस्तै भूपतिको लेखन रहेको फिल्मलाई...

Read More

जीतगढी किल्ला क्षेत्रका घरमा एकै रङ लगाइने

बुटवल, ७ वैशाख – नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढी किल्लामा बुटवल उपमहानगरपालिकाले आज विजयोत्सव दिवस मनाएको छ । नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेका अवसरमा उपमहानगरपालिकाले पहिलो पटक आजको दिनलाई ‘जीतगढी विजयोत्सव दिवस’का रुपमा मनाएको हो । विजयोत्सव समारोहलाई सम्बोधनका क्रममा प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक जीतगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शिर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएको बताउँदै उपमहानगरले शुरु गरेको अभियानमा प्रदेश सरकारको पूर्ण सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो । समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेशसभा सदस्य...

Read More

राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन

काठमाडौँ, ७ वैशाख – राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ । समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित हुनुहुन्छ । संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका...

Read More

प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

महेन्द्रनगर, धनुषा, ७ वैशाख – मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ नयाँ योजना ल्याइने जानकारी दिए...

Read More

Pin It on Pinterest